सरकारी जागिर छाडेर चलाए होटल, अहिले भयो ५ अर्बको ब्रान्ड
'जंगलमा गैंडाले लखेट्न सक्छ, त्यस्तो अवस्थामा रूख चढ्नू। बाघ आयो भने पनि रूख चढ्नू, तर अलि टुप्पोतिर। हात्ती आयो भने घुमेर तेर्पाइ–तेर्पाइ भएर भाग्नू।'
चितवन राष्ट्रिय निकुञ्जमा पोखराबाट पहिलो पटक जापानी पर्यटक घुमाउन लगेका ओम पाण्डेलाई जंगल गाइडले यसरी सम्झाएका थिए।
उनीहरू डराई–डराई निकुञ्ज घुमिरहेका थिए। अचानक एउटा गैंडा आयो। गाइडले सम्झाए अनुसार ओम रूख चढे। उनले लगेका दुई जना जापानी पर्यटक पनि रूख चढे।
करिब एक घन्टासम्म गैंडा त्यही बस्यो। उनीहरू रूखमै बसे। गैंडा आफ्नो बाटो लागेपछि ओम र उनका पर्यटक होटल फर्किए।
यो घटनापछि ओम र ती जापानी पर्यटकको सम्बन्ध प्रगाढ बन्यो। ती जापानी नेपाल घुम्न आउँदा भेटघाट गर्छन्। पुराना दिनहरू सम्झिन्छन्।
ओम यसरी पर्यटकसँग खेल्न थालेको ३८ वर्ष भयो।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ भगवतीका ओम २०४५ भदौ १९ गते पहिलो पटक पोखरा आएका थिए।
त्यो बेला उनको एउटै उद्देश्य थियो — पृथ्वीनारायण क्याम्पसमा विज्ञान पढ्ने। गाउँको स्कुलमा विज्ञान र गणित विषयको शिक्षक बन्ने।
पोखरा आउनुअघि एसएलसी (एसइई) दिएपछि खाली समयमा काम गर्न उनी गाउँका दाजुहरूसँग भारत गएका थिए। पाँचतारे होटलमा काम पाएका उनी एसएलसी नतिजा आएपछि गाउँ फर्किए।
पोखरा आएर क्याम्पस भर्ना हुनासाथ उनले काम खोजे। केही महिनापछि महेन्द्रपुलको गुराँस गेस्ट हाउसमा काम पाए। बसपार्कबाट पर्यटकलाई होटलसम्म ल्याउने उनको काम थियो।
'होटलका कोठा खाली भएका बेला नाइट बसमा आउने पर्यटक खोज्न रातभर बसपार्कमा बसेँ। यसरी काम गर्दा मासिक १ हजार रूपैयाँ तलब पाइन्थ्यो,' ओमले सुनाए।

पहिलो चरणमा ६३ महिला र ३६ पुरूष गरी ९९ जना नेपाली केयरगिभरको काम गर्न इजरायल गएका थिए। उनीहरूलाई गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलै पुगेर विदाइ गरेका थिए। त्यसपछि विभिन्न चरणमा थप १९८ जना नेपाली इजरायल पुगिसके।
